कोरोना भाइरस : २४ घण्टामा विश्वभर ६ हजार ५ सयभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : २४ घण्टामा विश्वभर ६ हजार ५ सयभन्दा बढीको मृत्यु


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार ५९२ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९३७ पुगेको छ ।

एकै दिन १ लाख ४२ हजार ५४६ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार २५७ पुगेको छ ।

संक्रमित ३५ लाख ४ हजार ७०५ जनाको उपचार भइरहेको छ भने ४३ लाख ६ हजार ८९ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८३ हजार ९६७ जनाको मृत्यु भएको छ ।

२२ लाख ३५ हजार २१२ जना संक्रमित भएकोमा ११ लाख ८९ हजार ४५१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४७ हजार १३४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ३९ हजार ६०२ पुगेको छ । त्यसमध्ये ११ लाख १४ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४३ हजार ६६० जनाको मृत्यु भएको छ । १६ लाख ९१ हजार ४४९ जना संक्रमित भएकोमा १० लाख ६० हजार २१० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६३ हजार २६२ जनाको मृत्यु भएको छ । १५ लाख १३ हजार ६८८ जना संक्रमित भएकोमा ८ लाख ६ हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार २६ जनाको ज्यान गएको छ भने २ लाख ६१ हजार ५८१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २० हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९६० जना संक्रमित भएकोमा ८ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ४५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस