कालापानी सीमा क्षेत्रको निरीक्षणमा निस्किए प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनाल « Khabarhub

कालापानी सीमा क्षेत्रको निरीक्षणमा निस्किए प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनाल


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल कालापानी क्षेत्र प्रस्थान गरेका छन्।

कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको आउट पोस्ट (बीओपी) निरीक्षण गर्न प्रधानसेनापति थापा र आईजीपी खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फ उनीहरु दुवै जना त्यसतर्फ प्रस्थान गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उनीहरुले दार्चुलाको छाङरुमा स्थापना भएको सशस्त्रको बीओपी र घाँटीबगरमा स्थापना भएको सेनाको अस्थायी बेस क्याम्पको निरीक्षण गर्नेछन् ।

भारतले नेपाली भूमी मिचेर सडक बनाएपछि सेनाको अस्थायी बेस र सशस्त्रको बीओपी त्यस क्षेत्रमा स्थापना गरिएको थियो।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : ३७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,