बाढी, पहिरो र डुबानबारे दिन थालियो पूर्वसूचना सेवा « Khabarhub

बाढी, पहिरो र डुबानबारे दिन थालियो पूर्वसूचना सेवा


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बाढी, पहिरो, डुबान लगायतका विपत्तीबारेको पूर्वसूचना दिन सुरू गरेको छ ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी मात्र पूर्वसूचना दिने गरेकोमा हाल बाढी, पहिरो लगायतका पूर्वसूचना दिन सुरू गरिएको हो ।

यस वर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला वर्षा सुरु भएको छ । वर्षाका कारण केही स्थानमा बाढी, डुबान र पहिरोको उच्च जोखिम पनि बढ्दै गएको छ ।

विपदबाट हुने सम्भावित क्षतिबारे आम नागरिकको जीवन रक्षाका लागि असार १ गतेबाट बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकी प्रवक्ता डा.अर्चना श्रेष्ठका अनुसार असार १ गतेदेखि २४ घण्टे पूर्वसूचना सेवाको विस्तार गरिएको हो ।

पूर्व सूचना मनसुन अवधिभर लागु हुने श्रेष्ठले जानकारी दिइन । जस अनुसार हरेक दिन बिहान सात बजे प्रमुख नदीहरूको आगामी तीन दिनको बाढी प्रक्षेपण बुलेटिन विभागको http://www.hydrology.gov.np मार्फत जारी गरिनेछ ।

त्यस्तै, मौसमका कारण उत्सर्जित बाढीसम्बन्धी पूर्वसूचना भने केही घण्टा अगाडि संवेदनशीलताका आधारमा नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय, विपद व्यवस्थापनमा संलग्न केन्द्रीय तथा स्थानीय निकाय र सरोकारवालाहरूलाई मोबाइल एसएमएसमार्फत सूचित गरिने विभागले जनाएको छ ।

नेपाल फ्लड एलर्ट नामको ट्वीटर र फेसबुकमार्फत पनि आवश्यकता अनुसार बाढी पूर्वसूचना तथा बाढीजन्य अन्य सूचना सम्प्रेषण गरिने तय भएको छ ।

विशेष भौगोलिक क्षेत्रको बाढीसम्बन्धी सतर्कताका लागि जानकारी प्राप्त गर्न सर्वसाधारणको लागि टोल फ्रि नम्बर ११५५ सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  २ : ४२ बजे

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख

बैंकिङ क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह : उपभोगमा मात्रै २१.३३ प्रतिशत, व्यापार दोस्रो प्राथमिकतामा

काठमाडौं– नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा

सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८

करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।