एकै दिन थपिए ५८६ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

एकै दिन थपिए ५८६ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ७ हजार १७७ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये ४० महिला र ५४६ जना पुरुष रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना पुरष र सिराहाका एकजना पुररुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ९ जना पुरुष र झापामा २ जना पुरुष, प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ४ जना पुरुष, महोत्तरीका एकजना महिला र ४ जना पुरुष, बाराका एकजना महिला र ६ जना पुरुष र रौतहटका ११ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा महोत्तरीका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना महिला र८ जना पुरुष, महोत्तरीका ६ जना महिला र १ सय ८३ जना पुरुष, रौतहटका ५ जना महिला र ३४ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका ३ जना महिला, ३ जना पुरुष र प्युठानका १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २ जना महिला र २० जना पुरुष, रौतहटका ४ जना महिला र ७३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा कैलालीका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पर्वतकी एक महिला र २ जना पुरुष, नवलपरासी पूर्वका १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना महिला र २४ जना पुरुष, प्युठानका एकजना महिला र १९ जना पुरुष, रुपन्देहीका २ महिला र २ जना पुरुष, अर्घाखाँचीका १ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेकी एक महिला, बर्दियाका एक महिला र ३० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङकी एकजना महिला र ७ जना पुरुष, सल्यानका ३ जना महिला र ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २ जना पुरुष र दैलेखका २ जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका २ जना महिला र १२ जना पुरुष, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरकी एक महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म ७३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

१ हजार १६७ जना संक्रमणमुक्त

बुधबार थप ९ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा  देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ ९ जना डिस्चार्ज भएका हुन् ।

सिरहामा उपचाररत ६ जना र नारायणी अस्पतालमा उपचाररत ३ जना निको भएर घर फर्किएका हुन्। योसहित नेपालमा हालसम्म १ हजार १ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा सोमबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म २० जनाको मृत्यु

बुधबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता गौतमका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिलाको मृत्युपछि गरिएको पीसीआर चेकजाँचमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनको फोक्सोमा समस्या देखिएपछि जेठ ३० गते अस्पताल भर्ना भएकी उनको सोमबार बेलुका मृत्यु भएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष र गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष गरी १९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ५ : ५५ बजे

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा– झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित