लद्दाख झडपका विषयमा भारतीय र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन संवाद « Khabarhub

लद्दाख झडपका विषयमा भारतीय र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन संवाद


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन संवाद भएको छ ।

लद्दाखको गालवान भ्यालीमा भएको हिंसात्मक झडपका कारण भारत-चीनबीच तनाव बढिरहेका बेला उनीहरुबीच टेलिफोन संवाद भएको हो ।

उनीहरुबीच लद्दाख झडपका विषमा कुराकानी भएको जनाइएको छ । टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सैनिक सीमा नाघेर चीनतर्फ आई भिडन्तका लागि उक्साएको दाबी गर्दै ती सैनिकलाई कारबाही गर्न माग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवादलाई न्यायोचित रुपमा सुल्झाउन र जतिसक्दो छिटो तनाव कम गर्न दुवै पक्ष सहमत भएको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

गत सोमबारराति भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चीनतर्फका ४३ सैनिक हताहत भएको भारतीय पक्षले दाबी गरिरहेका छन्  ।

चीनले आफ्ना पक्षका सेना हताहतको विषयमा आधिकारिक केही खुलाएको छैन ।

भारतले आफ्ना २० जना सैनिक मारिएको खबर दिँदै नामावली सार्वजनिक गरिसकेको छ ।

झडपमा मारिने भारतीय सैनिकको सूची

१. एम- कर्णेल बी सन्तोष बाबु- हैदराबाद

२. एस- नायक सुबेदार नुदुरम सोरेन- मयूरभन्ज

३. एम- नायक सुबेदार मन्दीप सिंह- पटियाला

४. एक्स- नायक सुबेदार सतनाम सिंह- गुरदासपुर

५. वाई- हवल्दार के. पालानी- मदुरई

६. एन- हवल्दार सुनील कुमार- पटना

७. एन- हवल्दार विपुल राय- मेरठ सिटी

८. के- नायक दीपक कुमार- रीवा

९. सिपाही राजेश ओरांग- बीरभूम

११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्‍ज

११. सिपाही गणेश राम- कांकेर

१२. सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल

१३. सिपाही अंकुश- हमीरपुर

१४. सिपाही गुरबिंदर- संगरुर

१५. सिपाही गुरतेज सिंह- मनसा

१६. सिपाही चन्दन कुमार- भोजपुर

१७. सिपाही कुन्दन कुमार- सहरसा

१८. सिपाही अमन कुमार- समस्तीपुर

१९. सिपाही जयकिशोर सिंह- वैशाली

२०. सिपाही गणेश हंसदा- पूर्वी सिंहभूम

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : २४ बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र