कोरोनाले स्थगित इङ्लिस प्रिमियर लिग आजदेखि सुचारु हुँदै | Khabarhub Khabarhub

कोरोनाले स्थगित इङ्लिस प्रिमियर लिग आजदेखि सुचारु हुँदै


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल बुधबारदेखि सुचारु हुँदैछ।

बुधबार साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्दैछ। यो खेल म्यान सिटीको मैदानमा हुनेछ। २८ खेलबाट ५८ अंक भएको म्यान सिटी अंक तालिकाको दोस्रो स्थानमा छ भने २८ खेलबाट ४० अंक भएको आर्सनल नवौँ स्थानमा छ।

शीर्षस्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक छ। २९ खेलबाट ५३ अंक भएको लेस्टर सिटी तेस्रो र २९ खेलबाट ४८ अंक भएको चेल्सी चौथोमा छ। लिगका शीर्ष चार टोली युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने भएकाले नजिकैका लेस्टर र चेल्सी दबाबमा छन्।

२९ खेलपछि म्यानचेस्टर युनाइटेडको ४५ र उल्भ्सको ४३ अंक छ। बुधबारको अर्को खेलमा एस्टन भिल्लाले घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग खेल्दैछ।

२८ खेलबाट २५ अंक भएको एस्टन भिल्ला १९ औँ स्थानमा रहेर रेलिगेसन क्षेत्रमा छन्। २० औँ तथा अन्तिम स्थानमा रहेको नर्विच सिटीको २१ र १८ औँ स्थानमा रहेको बर्नमाउथको २९ खेलबाट २७ अंक छ। लिगका अन्तिम तीन टोली रेलिगेसनमा पर्छन्।

२९ खेलपछि वाटफोर्ड र वेस्ट हामको समान २७ अंक छ। २९ खेलपछि ब्रिघ्टनको २९ र साउथह्याम्पटनको ३४ अंक रहेको छ।

लिगको यो सिजन लेस्टरका जेमी भार्डी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन्। उनले १९ गोल गरेका छन् भने चार गोलमा असिस्ट पनि गरेका छन्। दोस्रो स्थानमा रहेका आर्सनलका पायरिक औबामेयाङको १७ गोल र एक असिस्ट छ।

लिभरपुलका मोहम्मद सलाह र म्यानचेस्टर सिटीका सर्जियो एगुएरोको समान १६ गोल छ। साउथह्याम्पटनका ड्यानी इङ्सको १५ गोल छ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : २८ बजे

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने

‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना

काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक