सुर्खेतमा ‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

सुर्खेतमा ‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीको क्वारेन्टिनमै आत्महत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती महिलामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार ती महिला जेठ १२ गते भारतबाट नेपाल आएकी थिइन् । भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।

ती महिलाले यही असार १ गते, सोमबार आत्महत्या गरेको जनाइएको छ । उनको शव असार २ गते मंगलबार पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो ।

भारतबाट आएको भनेपछि अस्पतालले मृतक महिलाको शव पोष्टमार्टम गर्नुअघि मंगलबार साँझ नै वाब संकलन गरेको थियो । उनको बुधबार आएको रिपोर्ट पोजेटिभ देखिएको डा. तिवारीले बताए ।

कर्णाली प्रदेशमा यसअघि ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

जसमध्ये १ हजार १६७ जना निको भएर डिस्चार्ज भएका छन् ।

यसैबीच अर्घाखाचीमा क्वारेन्टाइन मै आत्महत्या गरेका एक पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार अर्घाखाँचीमा क्वारेन्टाइनमा आत्महत्या गरेका ४५ वर्षीय पुरुषको कोरोमा परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

डा गिरीका अनुसार उनको पीसीआर विधिबाट गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । अर्घाखाँचीका सितगंगा नगरपालिका वडा नम्बर ५ का ४५ वर्षका ती पुरुषले हिजो राति क्वारेन्टाइन नजिकै आत्महत्या गरेको नगरप्रमुख सूर्य प्रसाद अधिकारीले खबरहबलाइ बताए । नगरप्रमुख अधिकारका अनुसार ती पुरुष गर जेठ १० गते भारतबाट नेपाल आएका थिए ।

उनलाई स्थानीय क्वारेन्टाइनमा राखिएको १४ दिनपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । आरडीटी विधिबाट रिपोर्ट पोजेटिभ आएपछि उनको स्वाब संकलन गरी जेठ २५ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

उनको आज रिपोर्ट पोजेटिभ आएको हो । शितगंगा नगरपालिकाका नगरप्रमुख अधिकारका अनुसार ती पुरुषको शव सेनाद्वारा अन्तेष्टि गरिसकिएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : ०१ बजे

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा– झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित