कोरोना संक्रमित बढेपछि बेइजिङका उडान र रेलसेवा फेरि रद्द « Khabarhub

कोरोना संक्रमित बढेपछि बेइजिङका उडान र रेलसेवा फेरि रद्द


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाइलाई फेरि सशक्त बनाउन लागेको छ ।

पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमित भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका २ ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।

बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ ।

टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ। बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ ।

कलेजका शंकास्पद विद्यार्थीलाई भने कलेजमै फिर्ता गरिएको छ । बेइजिङ्का सार्वजनिक स्थलहरूमा आवतजावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : ०५ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको