प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाह आईओएमको डिनमा नियुक्त | Khabarhub Khabarhub

प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाह आईओएमको डिनमा नियुक्त


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका ३ जनामध्येमा प्रा डा शाहलाई डिनमा नियुक्ति गरेको हो ।

प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको उक्त कमिटीले प्राडा प्रदीप वैद्य, प्रा डा शाह र प्रा डा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्रिवि आईओएमको डिनमा डा. शाह नियुक्त भएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

प्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ०३ बजे

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज

तराईका धेरै स्थानमा हुस्सु, जनजीवन प्रभावित

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्ष २०२५ को स्वागतका लागि संसारभर के-के भयो ?

काठमाडौं – संसार भरी नयाँ वर्ष २०२५ को भव्य स्वागत

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

सन् २०२५ को स्वागत

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५