विश्वभर १ करोड ३९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ३९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ९५७ पुगेको छ ।

एकै दिन २ लाख ३७ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । शुक्रबार यो समाचार तयार पार्दासम्म निको भएका ८२ लाख ६८ हजार ४६९ जनामध्ये २ लाख ३७ हजार १२७ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार १६३ जनाको मृत्यु भएको छ । २६ लाख २८ हजार ७९५ जना संक्रमित भएकोमा १५ लाख ५८ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९१ हजार ६७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४३ लाख ६ हजार ६८९ पुगेको छ । त्यसमध्ये २० लाख २१ हजार २०२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७५ हजार २०१ जनाको मृत्यु भएको छ । ३१ लाख ९४ हजार ३९२ जना संक्रमित भएकोमा २२ लाख ५२ हजार ६२२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १२ हजार २४५ जनाको मृत्यु भएको छ । ३१ लाख १३ हजार ९९६ जना संक्रमित भएकोमा २० लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार ३९९ जनाको ज्यान गएको छ भने ६ लाख ६७ हजार १४९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ४६ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३५ जनाको मृत्यु भएको छ । १२ हजार ४७९ जना संक्रमित भएकोमा ९ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ५७ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर