नेकपाको स्थायी कमिटी बैठक आज, विवाद केन्द्रीय कमिटीमा लैजाने तयारी « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक आज, विवाद केन्द्रीय कमिटीमा लैजाने तयारी


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असार १८ गतेदेखि लगातार स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ ।

पटक–पटक गरेर दुई साता स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा पनि दुई खेमा (ओली र प्रचण्ड–माधव) बीच विवाद झन् चर्किने सम्भावना बढेको छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने आजको बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल समूहको अडानको ओली पक्षले कडा प्रतिवाद गर्ने तयारी गरेको छ ।

बिहीबार भएको वार्ता दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफूले राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भने विधिसम्मतरूपमा हटाउन चुनौती दिएका थिए । विधिसम्मत प्रक्रिया सामाना गर्न तयार रहेको उनको भनाइ थियो ।

ओलीको उक्त जवाफपछि ओली, दाहाल र नेपाल सहभागी हिजोको वार्तामा आगामी भदौभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने र विवाद हल गर्न समझदारी भएको बताइएको छ ।

ओलीले राजीनामा नदिने अडानपछि दुबै पक्षले बिहीबार साँझ आआफ्ना समूहको बैठक राखेर रणनीति बनाएका छन् ।

आजको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा मागिने र सहमति नभएको सन्देश दिँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने ओलीइतरको समूहको तयारी छ ।

ओली समूहले भने एजेण्डाभन्दा बाहिरको विषयलाई छलफलमा ल्याएको भन्दै प्रतिवाद गर्ने र केन्द्रीय कमिटी बैठकमा आफ्नो पक्षमा माहोल बनाउन लागिपर्ने तयारी गरेको छ । त्यति हुँदा पनि नसके संसदीय दलको सामना गर्नेसम्मको तयारीमा ओली समूह जुटेको स्रोतको भनाइ छ ।

नेकपाको ९ सदस्यीय सचिवालय, हाल ४४ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ओली अल्पमतमा देखिएका छन् । ओली अल्पमतमा परेकाले पनि अर्को पक्षले उनलाई पार्टी र सरकारको कार्यकारी भूमिकाबाट हटाउने प्रयास गरेको हो ।

बहुमतबाट पक्ष हटाउने प्रयास गर्दा पार्टी फुटको संघारमा पुगेपछि नेताहरू पछि हटेका थिए । दुवै पक्ष आआफ्ना अडानमा कायम रहेपछि विवाद चर्किंदै जाने संकेत देखिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : १२ बजे

इरानलाई गलाउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको नयाँ रणनीति

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको