हिन्दी फिल्म ‘लूटकेश’ को ट्रेलरमा नेपाली दर्शक लेख्छन् – ‘जात्रा’ को कपी हो ? « Khabarhub

हिन्दी फिल्म ‘लूटकेश’ को ट्रेलरमा नेपाली दर्शक लेख्छन् – ‘जात्रा’ को कपी हो ?


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ३ दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको हिन्दी फिल्म ‘लूटकेश’ को ट्रेलर केही वर्षअघि रिलिज भएको नेपाली फिल्म ‘जात्रा’ सँग मिलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् ।

यो फिल्म र नेपाली फिल्म ‘जात्रा’ दुवैको कथा पैसाको वरिपरि घुमेको छ । त्यसैले पनि ‘लूटकेश’ जात्राबाट प्रभावित हुनसक्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् ।

एक फेसबूक पेजमा ‘जात्रा’ बाट फिल्म प्रभावित भएको हुनसक्ने पोस्ट गरिएपछि कतिपयले युट्बयुबमा कमेन्ट गरेर फिल्मको कपी गरिएको प्रतिक्रिया दिएका छन् ।

‘जात्रा’ मा ३ युवाको कथा समेटिएको छ, जसले भेट्याएको पैसाको बोरा लुकाउन कसरत गर्छन् । ‘शूटकेश’ मा पनि यस्तै खालको कथा उनिएको ट्रेलरमा देख्न सकिन्छ ।

भारतका प्रयोगकर्ताले भने फिल्मको ट्रेलरलाई ढोल, धमालजस्ता फिल्मसँग तुलना गरेका छन् ।

नेपाली युट्युब प्रयोगकर्ताले फिल्म ‘जात्रा’ बाट प्रभावित भनेका छन् । पैसा भेट्याएपछि त्यो पैसा लुकाउन पात्रले मेहनत गर्ने कथामा बलिउडमा पनि कैयन् फिल्म निर्माण भएका छन् ।

फिल्मको कथा ‘जात्रा’ बाट प्रभावित भएको हो कि होइन भन्ने हेर्नका लागि भने रिलिज मिति नै कुर्नुपर्ने भएको छ ।

यो फिल्म डिजिटल प्लेटफर्ममार्फत यही ३१ जुलाईमा रिलिज हुँदैछ । फिल्ममा कुनाल खेमु, रसिका दुगल, विजय राज लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ३० बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस