यस्तो छ आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति (पूर्णपाठ) « Khabarhub

यस्तो छ आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति (पूर्णपाठ)


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गरेका छन्।

कोभिड १९ को संकटबाट अर्थतन्त्रलाई जोगाउने लक्ष्यसहित मौद्रिक नीति आएको छ। यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई सम्बोधन गर्ने गरी नीति ल्याइएको गभर्नरले बताएका छन्।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पुँजी बजारलाई राहत दिने गरी सेयर धितो कर्जाको सीमा बढाइएको छ।

केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्‍याइको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५ प्रतिशतसम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५ प्रतिशत बढाएर ७० प्रतिशत पुर्याएको हो ।

यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई घटाएर १२० दिनमा झारिएको छ। यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । यसले सेयर बजार सुधारमा सहयोग पुग्‍ने लगानीकर्ताहरुले गरेका छन्।

नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई स्वेच्छिक गरेको छ। २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्ता संस्था मर्जरमा गए सीआरआर आधा प्रतिशत बिन्दु छुट दिइने भएको छ।

वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटाइने भएको छ। संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुट दिइने छ।

बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ नलाग्‍ने सुविधा पनि दिइने छ। एउटै ब्यक्ति समूहबाट प्रवर्द्धित बैंकहरुलाई मर्जरमा लगिने भएको छ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : ५६ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको