क्वारेन्टिनमा बसेका युवकले झुण्डिएर गरे आत्महत्या « Khabarhub

क्वारेन्टिनमा बसेका युवकले झुण्डिएर गरे आत्महत्या


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेसीशहर – लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

यहाँको क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले आत्महत्या गरेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले जानकारी दिए ।

ती युवक असार ३१ गतेदेखि बुद्धोदय माविको क्वारेन्टिनमा बस्दै आएका थिए । उनी बुटवलबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

क्वारेन्टिनमा उनी एक्लै बस्दै आइरहेका थिए । आफैं पकाएर खाने गरेका उनले भान्सा कोठामा झुण्डिएर आत्महत्या गरेको सुवेदीले बताए ।

फागुनमा दिदीको घर बुटवल गएका ती युवक असार ३१ मा गाउँ गएका थिए । पछि उनलाई गाउँपालिकाको नियमअनुसार क्वारेन्टिनमा राखिएको थियो ।

लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले शवको पोस्टमार्टम गर्न दमौली या बेसीशहर लैजाने तयारी भएको बताए ।

उनको पीसीआर परीक्षणका लागि स्वाबसमेत संकलन गरिने भएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ०४ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार