काठमाडौं उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २८५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ।

बिहीबार मात्र १६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६सय ८८ जनाको पीसीआर नमुना परीक्षण भएका छन् । यी नमूना २७ वटा प्रयोगशालाबाट गरिएको हो। क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ७५६ पुगेको छ। यस्तै मन्त्रालयकाअनुसार आइसोलेसनमा ५ हजार ८७१ जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ४२ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार