कोभिड–१९ रोकथामबारे ट्राफिक प्रहरीले लेखे निबन्ध « Khabarhub

कोभिड–१९ रोकथामबारे ट्राफिक प्रहरीले लेखे निबन्ध


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सधैँ सडकमा सिटी बजाउँदै सवारी नियम पालनामा तल्लिन हुन्छन् ट्राफिक प्रहरी । उनीहरुलाई कुन गाडीले नियम मिच्यो र कुन गाडी नियमानुसार चल्यो भन्नेमा मात्रै ध्यान हुन्छ ।

त्यसरी सधैँ सडकमा देखिने ट्राफिक प्रहरीले यसपाली साहित्य लेखनमा आफ्नो क्षमता देखाए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले इम्पेरियल बिजनेस कलेजको सहकार्यमा ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण’का विषयमा आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको प्रतिस्पर्धामा उनीहरु उत्रिएका हुन् ।

खाली समयको सदुपयोग गर्दै सिर्जनशील तथा अध्ययनशील बनाउनुका साथै नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सकिने उपायको खोजीका लागि उक्त कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रतिस्पर्धामा उत्रिएका ५१ प्रहरीमध्ये महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले बाजी मार्दै चार हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा प्रहरी नायब निरीक्षक शम्भु सुस्केरा दोश्रो, प्रहरी जवान प्रकाश ढकाल तेश्रो भए । प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद न्यौपाने र गोपाल तामाङले क्रमश चौथो तथा पाँचौँ हुँदै पुरस्कार प्राप्त गरे ।

आज महाशाखामा एक समारोहका बीच महाशाखा प्रमुख ढकाल, इम्पेरियल बिजनेस कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, घुन्सा फाउण्डेशनका अध्यक्ष याङजोङ शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौत्तमले पुरस्कार प्रदान गरेका थिए ।

ट्राफिक प्रहरीले आफ्नो ड्यूटीका क्रममा कोरोनाबाट उत्पन्न समस्या, सङ्क्रमणबाट बच्ने उपाय, ट्राफिक प्रहरीको कर्तव्य र नागरिकमैत्री व्यवहारलगायतका विषय समेटी निबन्ध लेखेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ३१ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ