भोटेकोशी पहिरो : थप एकको शव फेला, दुई अझै बेपत्ता « Khabarhub

भोटेकोशी पहिरो : थप एकको शव फेला, दुई अझै बेपत्ता


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- बिहीबार भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परी बेपत्ता रहेका तीन जनामध्ये एकको आज शव फेला परेको छ ।

अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरामा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । यसअघि २ जनाको शव भेटिएको थियो ।

आज दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङमु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो ।

यस्तै ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन् । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ४८ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल