आज १५ अन्तर्राष्ट्रिय उडान, फर्किए १ हजार २४९ नेपाली « Khabarhub

आज १५ अन्तर्राष्ट्रिय उडान, फर्किए १ हजार २४९ नेपाली


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन्।

कोभिड-१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन्।

आज नेपाल एअरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौं ल्याएको छ। हिमालय एअरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ।

त्यस्तै जजीरा एअरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौं ल्याएको छ भने एअर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ।

कतार एअरवेजले दोहाबाट दुई नेपाली काठमाडौं ल्याएको छ। थप नेपाली ल्याउन नेपाल एअरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ।

हिमालय एअरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ। शनिबार पनि विभिन्न एअरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ।

आज आन्तरिकतर्फ पनि विभिन्न एअरलाइन्सका ९ चार्टर्ड उडान भएका छन्। यती एयरलाइन्स, तारा एअर, समिट एअर, सीता एअर, सिम्रिक एअर, मनाङ एअर, श्री एअर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका हुन्।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ०३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको