आज १५ अन्तर्राष्ट्रिय उडान, फर्किए १ हजार २४९ नेपाली « Khabarhub

आज १५ अन्तर्राष्ट्रिय उडान, फर्किए १ हजार २४९ नेपाली


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन्।

कोभिड-१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन्।

आज नेपाल एअरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौं ल्याएको छ। हिमालय एअरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ।

त्यस्तै जजीरा एअरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौं ल्याएको छ भने एअर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ।

कतार एअरवेजले दोहाबाट दुई नेपाली काठमाडौं ल्याएको छ। थप नेपाली ल्याउन नेपाल एअरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ।

हिमालय एअरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ। शनिबार पनि विभिन्न एअरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ।

आज आन्तरिकतर्फ पनि विभिन्न एअरलाइन्सका ९ चार्टर्ड उडान भएका छन्। यती एयरलाइन्स, तारा एअर, समिट एअर, सीता एअर, सिम्रिक एअर, मनाङ एअर, श्री एअर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका हुन्।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ०३ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल