नेपालीलाई गाली गर्दै बनारसमा जबर्जस्ती कपाल मुण्डन गराउने एक पक्राउ « Khabarhub

नेपालीलाई गाली गर्दै बनारसमा जबर्जस्ती कपाल मुण्डन गराउने एक पक्राउ


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बनारसमा एक जनाको कपाल मुण्डन गराएर नेपालविरुद्ध गाली गलौज गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

उक्त भिडियो पाण्डेले नै बनाएको प्रहरीले जनाएको छ । उनको मोबाइलबाट भिडियोसमेत बरामद गरिएको र अन्य केहीलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ ।

उक्त भिडियो अरुण पाठक नाम गरेका व्यक्तिले फेसबुकमा सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार उनी स्थानीयरुपमा एक संगठन चलाउने व्यक्ति हुन् ।

पाठक विश्व हिन्दु सेना संगठनमा आबद्ध रहेको जनाइएको छ । उनीलगायतविरुद्ध भेलापुर प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।

नेपालका नेता तथा नेपालीविरुद्ध गालोगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाविरुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो ।

प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

सामाजिक सन्जालमा भाइरल बनेको उक्त भिडियोमा बनारसमा बस्दै आएका नेपाली भनिएका एक जनाको कपाल मुन्डन गरिएको देखिन्छ भने साथमा एक व्यक्ति बोलिरहेको सुनिन्छ।

भिडियोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान श्रीरामका बारे नबोल्न नत्र धेरै नेपालीलाई यसरी कपाल मुन्डन गर्ने चेतावनी दिइरहेको सुनिन्छ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ०४ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने