कोरोना संक्रमण बढेपछि ४१ जिल्लामा अनेक प्रतिबन्ध « Khabarhub

कोरोना संक्रमण बढेपछि ४१ जिल्लामा अनेक प्रतिबन्ध

कतै निषेधाज्ञा त कतै लकडाउन र सिल


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ४१ जिल्लामा विभिन्न स्वरूपका प्रतिबन्ध लगाइएको छ ।

गृह मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म २८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने १३ जिल्लाका सम्बन्धित स्थानीय तहले कतै सिल त कतै लकडाउन गरेका छन् ।

मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ ।

चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकुम पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकका भने आशिंक क्षेत्रमा निषेधाज्ञा र केही स्थानीय तहमा लकडाउन नै भएको लामिछानेले जानकारी दिए ।

यस्तै नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ ।

सरकारले साउन ६ गते मध्यराति देखि लकडाउन अन्त्य भएको घोषणा गरेपछि अस्वाभाविक ढंगले संक्रमण बृद्धि भएको थियो । साउन ६ मा ४० जना कोरोना संक्रमितको मृत्यु भएकोमा त्यसयता मात्रै थप ६४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार साउन ३२ गतेसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृतक र संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला तथा स्थानीय तहलाई दिइएको अधिकार प्रयोग गरी निषेधाज्ञा र लकडाउन गर्ने क्रम बढेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ४० बजे

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न