कोभिड संक्रमित देखिएपछि न्यूजील्यान्डको चुनाव चार हप्ता पछाडि सर्‍यो « Khabarhub

कोभिड संक्रमित देखिएपछि न्यूजील्यान्डको चुनाव चार हप्ता पछाडि सर्‍यो


१ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन – न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गरेकी छिन् ।

न्यूजील्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहेकी आर्डेनले आगामी अक्टोबर १७ का लागि नयाँ मिति तोकेकी थिइन् ।

न्यूजील्यान्डमा कोभिड–१९ बाट संक्रमितहरु पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मिति पछि सार्नु परेको पनि उनले बताएकी छिन् ।

न्यूजील्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ । यस शहरमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ ।

आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए । यो सहित न्यूजील्यान्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ११ : २९ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम