भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द « Khabarhub

भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो ।

यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो । कोरोना सङ्क्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल बहिरङ्ग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ ।

यस्तै सघन उपचार कक्ष र प्रसूति विभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।

रत्ननगर अस्पताललाई आइसोलेशन बनाइने

जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पूर्वी चितवनको रत्ननगर बहुलहर अस्पताललाई आइसोलेशन अस्पताल बनाइने भएको छ । अन्य बिरामीको तुलनामा कोरोना सङ्क्रमित बढेपछि आइसोलेशनमा रुपान्तरण गर्न लागिएको हो ।

पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताए । अस्पताललाई तत्काल ३० श्ययको आइसोलेशन कक्ष बनाउने उनले बताए ।

अस्पतालका चिकित्सकलाई सङ्क्रमण पुष्टि भएपछि हाल आकस्मिक कक्षबाहेक सबै बन्द रहेकाले पनि आइसोलेशन अस्पतालका रुपमा बनाएर अघि बढ्ने निर्णय भएको प्रमुख वनले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ४ : १६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण