नीताले बनाउलिन् गायिकाको परिचय ? « Khabarhub

नीताले बनाउलिन् गायिकाको परिचय ?


१ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार नीता ढुंगाना कलाकारितासँगै अब गायिका पनि बन्ने सपनामा छिन् । राम्रो अभिनय गर्ने भए पनि उनका फिल्महरुले त्यति चर्चा कमाउँदैनन् । दर्शकले उनलाई खासै नोटिस गर्दैनन् ।

नीता सामाजिक सञ्जालमा पनि खासै अपडेट हुँदिनन् । न त, दर्शकलाई ध्यान तान्न विवादमा आउन नै रुचाउँछिन् ।

यतिबेला नीता आफ्नो अभिनय कर्मका कारणले भन्दा पनि गीत रेकर्ड गराएका कारण चर्चामा छिन् । हालै उनले एक गणेश भजनमा स्वर दिएकी छिन् । जुन भजनको भिडियो पनि हालै शूटिङ भएको छ ।

भिडियोमा पनि नीतालाई नै शीर्ष भूमिकामा देख्न सकिन्छ । अझ अर्को कुरा, यो भिडियो उनले आफ्नै कम्पनी नीता फिल्मसबाट सार्वजनिक गर्दैछिन् ।

नीताले गाएको गीत भनेपछि केही दर्शकले चासोका साथ हेरेका छन् । योसँगै दर्शक‌ले प्रश्न गरेका छन्, के नीता गायिकाका रुपमा चर्चित होलिन् ?

अघिल्ला उदाहरणलाई हेर्ने हो भने नायिकाहरु गायिका भएको दर्शकले खासै रुचाएका छैनन् । यसअघि रेखा थापा, निरुता सिंह, अनु शाह, प्रियंका कार्की, परमिता राणा लगायतले पनि गीतमा स्वर दिएका छन् ।

यीमध्ये कुनै कलाकारलाई पनि दर्शकले गायिकाका रुपमा चिन्दैनन् ।

नीताले पनि अब गायिका हुने कोशिश गरिरहेकी छिन् । उनलाई दर्शकले कत्तिको साथ दिनेछन् त्यसका लागि भने केही समय कुर्नैपर्ने छ । के थाहा उनलाई नायिकामा भन्दा बढी गायिकामा पो फाप्ने हो कि ?

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  २ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको