नीताले बनाउलिन् गायिकाको परिचय ? | Khabarhub Khabarhub

नीताले बनाउलिन् गायिकाको परिचय ?


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार नीता ढुंगाना कलाकारितासँगै अब गायिका पनि बन्ने सपनामा छिन् । राम्रो अभिनय गर्ने भए पनि उनका फिल्महरुले त्यति चर्चा कमाउँदैनन् । दर्शकले उनलाई खासै नोटिस गर्दैनन् ।

नीता सामाजिक सञ्जालमा पनि खासै अपडेट हुँदिनन् । न त, दर्शकलाई ध्यान तान्न विवादमा आउन नै रुचाउँछिन् ।

यतिबेला नीता आफ्नो अभिनय कर्मका कारणले भन्दा पनि गीत रेकर्ड गराएका कारण चर्चामा छिन् । हालै उनले एक गणेश भजनमा स्वर दिएकी छिन् । जुन भजनको भिडियो पनि हालै शूटिङ भएको छ ।

भिडियोमा पनि नीतालाई नै शीर्ष भूमिकामा देख्न सकिन्छ । अझ अर्को कुरा, यो भिडियो उनले आफ्नै कम्पनी नीता फिल्मसबाट सार्वजनिक गर्दैछिन् ।

नीताले गाएको गीत भनेपछि केही दर्शकले चासोका साथ हेरेका छन् । योसँगै दर्शक‌ले प्रश्न गरेका छन्, के नीता गायिकाका रुपमा चर्चित होलिन् ?

अघिल्ला उदाहरणलाई हेर्ने हो भने नायिकाहरु गायिका भएको दर्शकले खासै रुचाएका छैनन् । यसअघि रेखा थापा, निरुता सिंह, अनु शाह, प्रियंका कार्की, परमिता राणा लगायतले पनि गीतमा स्वर दिएका छन् ।

यीमध्ये कुनै कलाकारलाई पनि दर्शकले गायिकाका रुपमा चिन्दैनन् ।

नीताले पनि अब गायिका हुने कोशिश गरिरहेकी छिन् । उनलाई दर्शकले कत्तिको साथ दिनेछन् त्यसका लागि भने केही समय कुर्नैपर्ने छ । के थाहा उनलाई नायिकामा भन्दा बढी गायिकामा पो फाप्ने हो कि ?

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  २ : २३ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा