मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरूद्ध « Khabarhub

मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरूद्ध


१ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अविरल वर्षाले राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ ।

बागलुङ खण्डअन्तर्गतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो । केही दिनदेखिको अविरल वर्षाले निसीखोला गाउँपालिकाको एक दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

निसीखोला क्षेत्रमा ठूलो पहिरो खसेकाले शनिबारदेखि लोकमार्ग अबरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।

स्थानीय मानबहादुर कार्कीका अनुसार लोकमार्गको देवीस्थान, खाडु, ढुवाँखोर, जुग्जाखोलालगायतका स्थानमा बस्तीसमेत जोखिममा पर्ने गरी सडक अवरुद्ध भएको छ ।

बुर्तीवाङ बजारदेखि निसीखोला गाउँपालिका–५ को बडावनखोलासम्मको खण्डमा दर्जनभन्दा बढी पहिरो खसेका कारण लोकमार्ग अबरुद्ध भएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

वर्षाले कारण मध्यपहाडी लोकमार्गले सडक कालोपत्रे गर्ने कामसमेत प्रभावित बनेको छ । धेरै स्थानमा पहिराले सडक अबरुद्ध हुँदा खुलाउन सकेत कठिन भएको उनको भनाइ छ ।

लोकमार्ग खुलाउने प्रयास भइरहेको आयोजना प्रमुख थापाले जानकारी दिए । लोकमार्ग अबरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रूकुम रोल्पा जाने सवारीसाधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  २ : ३२ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले