प्रादेशिक अस्पताल जनकपुरमा आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

प्रादेशिक अस्पताल जनकपुरमा आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषामा थप एकजना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार धनुषाको धनौजी गाउँपालिकाका ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।

ती पुरुषको साउन २६ गते स्वाब संकलन गरी गरिएको परीक्षणमा साउन ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएकै दिन उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना गरिएको थियो ।

कोरोनाको कडा खालको लक्षण अर्थात् कडा खालको निमोनियाबाट ग्रसित भएका ती पुरुषको आइसियुमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेकाले उनलाई आज भेन्टिलेटरमा सार्ने तयारी थियो । तर, उनको आज बिहान आइसियुमै रहँदा मृत्यु भएको झाले खबरहबलाई बताए ।

‘धनुषाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ,’ झाले खबरहबसँग भने, ‘उहाँमा ३१ गते कोरोना पुष्टि भयो, त्यही दिन श्वासप्रश्वासमा समस्या देखिएर प्रादेशिक अस्पताल जनकपुरमा आइसियुमा राखिएको थियो, आज भेन्टिलेटरमा सार्ने भनेका थियौं, तर बिहान नै उहाँको मृत्यु भयो ।’

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ३ : ०१ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले