नेपाल–भारत संयन्त्रको बैठक : भारतीय सहयोगमा सञ्चालित परियोजनाबारे छलफल « Khabarhub

नेपाल–भारत संयन्त्रको बैठक : भारतीय सहयोगमा सञ्चालित परियोजनाबारे छलफल


१ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल–भारतबीच संयुक्त अनुगमन संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) को बैठमा भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएको छ ।

सोमबार भएको भिडियो संवादमा दुवै पक्षले भारतीय सहयोग अन्तर्गत विकास परियोजनाहरूको प्रगतिबारेको समीक्षा गरेका छन् ।

नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र एजेन्सीका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी, परामर्शदाता र परियोजना कार्यान्वयनमा रहेका ठेकेदारहरूले भिडियो संवादमा सहभागिता जनाएका थिए ।

संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गरेका थिए । झण्डै तीन महिनापछि दुई पक्षबीच औपचारिक वार्ता भएको हो ।

२०७२ सालमा गएको भूकम्पले भत्किएका ५० हजार हजार निर्माण गरिने भारतीय पक्षले प्रतिबद्धता अनुरुप हालसम्म ४६ हजार तीन सय एक घर निर्माण भएको बैठकमा जानकारी दिइएको थियो ।

त्यसैगरी संवादमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ३ : ५३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस