आज थपिए ५८१ कोरोना संक्रमित, १६० डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ५८१ कोरोना संक्रमित, १६० डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुग्यो


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा ११ हजार पाँच सय २० जनाकाे पीसीआर परीक्षण भएकाे छ । देशका विभिन्न ठाउँको आइसोलेशनमा नाै हजार ६ सय ३९ जना छन् । यस्तै १५ हजार एक सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् ।

आज कहाँ कति थपिए ?

डा गौतमका अनुसार एपीएफ अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, भेरी अस्पताल नेपालगंज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २४ जना, सल्यानका एकजनामा कोरोना पुष्टि भएको छ ।

विध ल्याब ललितपुरमा गरिएको परीक्षणमा बाराका एकजना, भक्तपुरका एकजना, काठमाडौँका ६ जना, ललितपुरका एकजना, पर्साका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी बीर अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका ११ जना, पर्साका एकजना, सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा मोरंगका ११ जना, धनुषाका एकजना, झापाका एकजना, सुनसरीका ३१ जनामा कोरोनापुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका एकजना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाराका १४ जना, काठमाडौँका २ जना पर्साका ५८ जना, काभ्रेका ४ जनामा कोरोना पुष्टि भएकोछ ।

यस्तै ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौँका  १६ जना, महोतरीका एकजना, पर्साका एकजना, धनुषाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका एकजना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा जुम्लाका ३ जना, केएमसी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुर एकजना, काठमाडौँका ४ जना, ललितपुर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरंगका ७ जना, लुम्बिनी प्रादेशिक अस्पताल ,बुटवलमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका एकजना, रुपन्देहीका १० जना, कपिलवस्तुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल, बिरगंजमा गरिएको परीक्षणमा बाराका ५ जना, पर्साका
६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ३५ जना, भक्तपुरका एकजना, काठमाडौँका २० जना, ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका ३ जना, सर्लाहीका १२ सिन्धुपाल्चोकका ५ जनामा कोरोना पुष्टि भएको छ ।

नेसनल प्याथ ल्याब रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, कपिलवस्तुका एकजना, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला , विराटनगरमा गरिएको परीक्षणमा काठमाडौँ २ जना, मोरंगका २२ जना, झापाका ६ जना, सुर्खेतका एकजना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका एकजना, प्युठानका २८जना, रुपन्देहीका ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशमा गरिएको परीक्षणमा कास्कीका १२ जना, नवलपुर पूर्वका एकजना, स्याङ्जाका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ्गका एकजना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १६ जना, कंचनपुरका १२जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै श्री बिरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौँका ७ जना, सोरिया अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना,  काठमाडौँका एकजना,पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्टार अस्पतालमा गरिएको परीक्षणमा बारा एकजना, भक्तपुरमा २ जना, दाङका एकजना, काठमाडौँका ७ जना, ललितपुरका ३ जनामा, धनुषाका एकजना, मकवानपुरका एकजना, झापाका एकजना, धादिङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका २ जना, भक्तपुरका २ जना, काठमाडौँका २० जना, ललितपुरका ४ जना,पर्साका एकजना,  रौतहटका ८ जना, सर्लाहीका एकजना र चितवनका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रि बि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौँका ११ जना, महोतरीका एकजना, पर्साका २ जना, रुपन्देहीका २ जना, सर्लाहीका एकजना, धादिङका २ जना, तनहुँका एकजना नुवाकोटका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र ,हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका ३ जना, सर्लाहीका २ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १७ जना, ललितपुरका एक जना, नेपाल कोरियन मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौँका ९ जना, ललितपुरका २ जना, पर्साका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ४९५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।

मन्त्रालयका अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष,  मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको छ ।

हालसम्म कुन प्रदेशमा कति जनाले ज्यान गुमाए ?

प्रदेश नं. १ – १० पुरुष,१ महिला

प्रदेश नं. २ – ३५ पुरुष, ११ महिला

बाग्मती प्रदेश- १३ पुरुष, ६ महिला

गण्डकी प्रदेश- ६ पुरुष

प्रदेश नं. ५ – १० पुरुष, ३ महिला

कर्णाली प्रदेश – ४ पुरुष

सुदूरपश्चिम प्रदेश- ५ पुरुष र ३ महिला

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ५ : ०३ बजे

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव

काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम

वाम लोकतान्त्रिक आन्दोलनले नै देशमा ठूला आन्दोलनहरू सफल भए  : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका

रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौंमा

काठमाडौं– मेलम्ची स्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर

प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं– सरकारले असार १६ गतेदेखि हुने प्रधानमन्त्रीको स्पेनको औपचारिक भ्रमणमा

धोबिखोला सफा बनाउने र करिडोरमा अतिक्रमित जग्गा फिर्ता ल्याइने

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार धोबीखोला करिडोरको