मरेका कुखुराको मासु बेच्ने पक्राउ « Khabarhub

मरेका कुखुराको मासु बेच्ने पक्राउ


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौंमा मरेका कुखुराको मासु बेच्ने एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३१ प्रयाग मार्गस्थित बिएण्डबी मीट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका १० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने उजुरी पछि प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ५ : ३७ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण