एसईईको नतिजा सार्वजनिक | Khabarhub Khabarhub

एसईईको नतिजा सार्वजनिक


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको राष्ट्रिय परीक्षा बोर्डsf सदस्यसचिव दुर्गा अर्यालले खबरहबलाइ जानकारी दिए  ।

झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले जनाएको छ ।

बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।

परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था समेत हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

कसरी हेर्ने नतिजा ?

बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।

यस अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटराष्ट्रिय परीक्षा बोर्डको वेबसाइटनेपाल टेलिकमको वेबसाइटएनसेलको वेबसाइटइडीयू सञ्जाल डटकमनेपाल टेलिभिजन र कान्तिपुर पब्लिकेसन प्रालीमार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको विज्ञप्ति यस्तो छ 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ६ : ४७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले