मलामी गएका युवक महाकालीमा बगेर बेपत्ता « Khabarhub

मलामी गएका युवक महाकालीमा बगेर बेपत्ता


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- मलामी गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।

भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको मलामी गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् ।

अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

साउदको खोजी जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिए ।

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ९ : ५८ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण