मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाको जीत « Khabarhub

मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाको जीत


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जिरोनामाथि ३-१ को जीत निकालेको छ ।

बार्सिलोनाको जितमा कप्तान लिओनेल मेस्सीले दुई तथा फिलिपे कोउटिन्होले १ गोल गरे । पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो ।

२१औं मिनेटमा मेस्सीको उत्कृष्ट मुभपछि त्रिनकाओले मिलाएको पासमा कोउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक कार्लोसले रोक्न नसक्दा बार्सिलोना २-० ले अघि बढ्यो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाले गोल फर्कायो । फ्रेंकी डे जोङले मिडफिल्डमा गल्ति गरेपछि सामु साइजले गोल गर्दै खेलमा फर्कने संकेत दिए ।

तर, कप्तान मेस्सीले ५१औं मिनेटमा नै बार्सिलोनाका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जीत दिलाए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : ४७ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र