वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित « Khabarhub

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो।

राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रियसभामा खाली छ।

२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई नेकपाले राष्ट्रियसभामा पठाएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  २ : २९ बजे

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका