ट्राफिक प्रहरीको अभियान : तपाईंको मास्क खोई ? « Khabarhub

ट्राफिक प्रहरीको अभियान : तपाईंको मास्क खोई ?


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान शुरु गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए/नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिं सिँजापतिले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरिएको बताए ।

“मास्क, पञ्जा र सेनिटाइजरको प्रयोगले कोरोनाबाट बच्न मद्दत पुर्याउँछ, मास्क नहुने यात्रुलाई मास्क पनि दिएका छौँ,” उनले भने, “बुझेर पनि लापरबाही गर्ने बानी भएकाले स्वास्थ्य सुरक्षाप्रति सर्तक रहन अभियान चलाएका हौँ ।”

सुर्खेत बसपार्कमा ट्राफिक प्रहरी ‘तपाइँको मास्क खोई ?’ लेखेको प्लेकार्ड लिएर बसिरहेका हुन्छन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा प्रदेशका सबै जिल्लामा यो अभियान लागू गरिएको बताइएको छ ।

अभियानको पहिलो दिन आज सुर्खेतमा ट्राफिक प्रहरीले २०० थान मास्क, १०० थान पञ्जा वितरण गरेको छ । यो अभियान वीरेन्द्रनगर प्रवेश गर्ने सुब्बाकुना, बाङ्गेसिमल, कपासे तथा मुख्य चोकहरुमा लागू छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ३ : ४४ बजे

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।