२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित | Khabarhub Khabarhub

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका छन् ।

यसअघि बुधबार (हिजो) काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी जम्मा ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाले मृत्यु भएसँगै ३८३ पुगेको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : ३५ बजे

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

महोत्तरी – पछिल्ला पाँच/छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ

ललितपुरमा मनाइयो इन्द्रजात्रा

ललितपुर – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

कैलाली – भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा

नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौं – नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित