काठमाडौंमा प्रशासन कार्यालयका स्थगित सेवाहरु बारका आधारमा सञ्चालन गरिने « Khabarhub

काठमाडौंमा प्रशासन कार्यालयका स्थगित सेवाहरु बारका आधारमा सञ्चालन गरिने


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण फैलिन नदिन भन्दै स्थगित गरेका सेवाहरु आइतवारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले साउन २५ गतेदेखि सीमित सेवा मात्र दिएको थियो । असोज ४ गतेबाट सबै सेवा सुचारु गरिने प्रशासन कार्यालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्ड अपनाई अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक सेवामा दैनिक २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरुले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको छलफलअनुसार तीनवटै प्रशासन कार्यालयले एउटै ढाँचामा सेवा दिने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : ५९ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर