भित्री सडकको निर्माणमा जुट्यो ललितपुर महानगर « Khabarhub

भित्री सडकको निर्माणमा जुट्यो ललितपुर महानगर


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले फेज-३ अन्तर्गतको २१ वटा भित्री सडकहरुको निर्माण सुरु गरेको छ ।

ती सडकहरुमध्ये बिहीबार महानगरपालिकाको वडा नं १५ स्थित स्वीमिङपुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड निर्माणको थालनी गरिएको हो । यो सडक खण्डको लम्बाई तीन सय चालिस मिटर रहेको छ ।

फेज ३ अन्तर्गतको २१ वटा नै सडकको लम्बाई भने आठ दशमलव ६२ किलोमिटर रहेको छ । यी सबै सडक निर्माणको खर्च दुई करोड ६८ लाख लाग्नेछ ।

सडक निर्माणको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाभित्र निर्माण हुने सडकको विशेषता भिन्न हुने बताए ।

उनले भने, ‘ ललितपुर महानगरभित्र बनेका जतिपनि सडक छन् , तिनको मोटाई बढी छ, मोटाई बढी भएकाले ती सडक बनाएको वर्षभित्र सडक भत्कने छैनन्, केही वर्ष खप्छन् ।’

महानगरप्रमुख महर्जनले निर्माण भएका सडकको गुणस्तरीयता प्राविधिकसहितको जनप्रतिनिधि टोलीले गर्ने उनले जानकारी दिए । सडक निर्माणका लागि वडावासी सबैको सहयोग अपरिहार्य हुने उनले बताए ।

ललितपुर महानगरपालिका पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतमले १२ वटा सडक निर्माण ९ महिनाभित्र सक्नुपर्ने सम्झौता भएको बताए । अन्य सडकको निर्माण कार्य पनि क्रमशः सुरु गर्ने उनले जानकारी दिए । उनका अनुसार १२ वटा सडक निर्माण एउटै ठेकेदारले गर्नेछ ।

उनका अनुसार महानगरले सम्बन्धित वडाबाट निर्माणको आवश्यकता माग भएपछि त्यसको संभाव्यता अध्ययन गरेर बजेटको सिलिङ हेरी योजना छान्ने गरेको बताए ।

नगरसभाले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा लगिन्छ । सहरी सडकहरुमा आठ मिटरसम्म ललितपुर महानगरपालिकाले हेर्ने त्यो भन्दा बढी भए त्यसलाई विभागले हेर्नेछ ।

वडा नं १५का वडाअध्यक्ष सुदर्शन मिश्रले बन्दै गरेको सडकलाई महानगर र वडाले अनुगमन गर्ने बताए । उनले सडक समयमै निर्माण सम्पन्न गर्न स्थानीयको भूमिका महत्वपूर्ण हुने बताए ।

सडक निर्माणको उद्घाटन कार्यक्रममा महानगरका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला ,वरिष्ठ इन्जिनियर रामरतन शाह लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : ०३ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते