पहिरोले नाजिङमा एक घर बगायो, चार जोखिममा « Khabarhub

पहिरोले नाजिङमा एक घर बगायो, चार जोखिममा


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- वर्षा सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा एक घर बगाएको छ भने चार घर जोखिममा परेका छन् ।

पहिरोको कारण स्थानीय जीत कुविर राईको ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल जानकारी दिए ।

पाँच जनाको परिवार बस्दै आएको घरमा आज विहान पहिरो जाँदा भागेर ज्यान बचाउन सफल भएको राईले बताए ।

पहिरोका कारण स्थानीय जसविर राई, हर्कजित राई, भीमकुविर राई र रामकुमार राईको घर समेत उच्च जोखिममा परेको छन् ।

यसैबीच खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं १ खरिखोलाको जौँबारी टोलका पहिरो पीडित र विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

वडाध्यक्ष ङिमादोर्जी शेर्पाको पहलमा पासाङ ल्हामु फाउण्डेसनले नगद सहयोग गरेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिए ।

जौँबारीका सात पहिरो पीडित र अन्य १३ परिवारलाई जनही ४ हजार ६४० वितरण गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ९ : ३९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा