खिल परेको छ ? यसरी चिन्नुहोस् « Khabarhub

खिल परेको छ ? यसरी चिन्नुहोस्


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पैताला वा हत्केलामा हुने खिललाई अंग्रेजीमा कोर्न भनिन्छ । यो प्राय पैतालामा काँडा बिझ्यो र निस्केन अथवा केहि टुक्रा भित्र रह्यो भने पछि गएर खिलमा बदलिन्छ ।

खिल प्रायः दबाब पर्ने स्थानमा हुने गर्दछ । शरीरको कुनै एक भागमा बारम्बार घर्षण र दबाब पर्दछ र त्यहाँको छाला मृत हुन्छ भने त्यहा खिल हुन सक्छ । यो प्रायः खुट्टाको औँला, पैताला, हत्केला र हातका औँलामा देखिने गर्दछ ।

पहिचान गर्ने तरिका
खुट्टाको पैताला र हातको छालामा मोटो गाठो र खस्रोपन देखिन्छ, जसको बीच भागमा डटपेनको टुप्पोले थिच्दा दुखाई महशुस हुन्छ भने त्यो खिल हो भन्ने बुझ्नु पर्दछ ।

खिल हेर्दा सानो देखिन्छ । यसको बीचमा कालो टिका जस्तो चिन्ह हुन्छ । जहाँ मृत छाला उठेको हुन्छ । कुनै कुनै खिल नरम सेतो रबरजस्तो हुन्छ र छुदाँ कोमल हुन्छ ।

उपचार
खिलको उपचार प्रायः यहि नै भन्ने हुदैन । प्रायःले माथिल्लो भागमा देखिने बाक्लो छालाको मृत तह काट्ने गर्दछन् । कसैले कर्नटेप लगाएर हटाउने गर्दछन् । यसलाई शल्यक्रिया गरेर पनि निकाल्न सकिन्छ ।

चिकित्सकको परामर्श बिना यसो गर्दा यसको दुष्प्रभाव देखिन सक्छ । साथै केही समय पश्चात फेरि खिल देखा पर्न सक्छ । त्यसैले खिलका बिषयमा एक पटक चिकित्सकको परामर्श लिनु नै उत्तम हुन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ११ : १४ बजे

अरुण कोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर