जिल्ला अस्पताल नवलपुरलाई पीसीआर मेसिन हस्तान्तरण « Khabarhub

जिल्ला अस्पताल नवलपुरलाई पीसीआर मेसिन हस्तान्तरण



नवलपुर– गण्डकी प्रदेशकै सबैभन्दा बढी कारोना संक्रमित भएको पूर्वी नवलपरासीलाई स्वाब परीक्षणका गर्ने पीसीआर मेसिन हस्तान्तरण गरिएको छ ।

कोरोना परीक्षणका लागि श्वाब संकलन गरी पोखरा लैजानुपर्ने बाध्यता रहेको हुँदा गण्डकी प्रदेशको एउटा मेसिन नवलपुरलाई हस्तान्तरण गरिएको हो ।

शनिवबार मध्यबिन्दु जिल्ला अस्पतालमा औपचारिक कार्यक्रम गरी मेसिन हस्तान्तरण गरिएको छ ।

संघीय सांसद तीलबहादुर महतले जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई पीसीआर मेसिन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संघीय सांसद तीलबहादुर महतले पीसीआर मेसिन आफ्नै पहलमा ल्याएको भन्दै यसको ब्यवस्थापन जिल्ला र स्थानीय तहको हुने उल्लेख गरे ।

‘मैले लैनो गाई ल्याइदिएको छु, यसलाई कसरी ब्यवस्थापन गर्ने र पाल्ने भन्नेकुरा तपाइहरुको हो,’ महतले भने ।

पीसीआर मेसिनसँगसँगै संघीय सांसद तीलबहादुर महतका साथै गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहा र विष्णु लामिछाने पनि मध्यबिन्दु अस्पताल आइपुगेका थिए ।

कार्यक्रममा गाहाले अब नवलपुरको आधा समस्या मुक्त भएको उल्लेख गरे भने कांग्रेसका गण्डकी सांसद लामिछानेले नवलपुरको विकासमा कोही पनि प्रतिपक्षको भूमिकामा नरहेको बताए ।

जिल्ल अस्पतालमा मेसिन राखिने भएकाले मेसिन आइपुगे पनि जडान गरी परीक्षणको ब्यवस्था मिलाउन एक महिना भन्दा बढी लाग्ने भएको छ ।

अस्पतालका फोकल पर्सन शिव न्यौपानले अन्य पूर्वाधारहरुसमेत नबनेको हुँदा मेशिन जडान गर्न एक महिनाभन्दा बढी लाग्ने बताए ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँकाअनुसार पीसीआर मेसिन आइपुगे पनि उक्त मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षण लगायतले गर्दा पीसीआर मेशिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्नेछ ।

नवलपुरमा अहिलेसम्म संक्रमितको संख्या १ हजार २ सय ९९ रहेको छ भने ८ सय ५० जना संक्रमणमुक्त भइसकेका छन् । नवलपुरमा १० जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा यसअघि पोखराबाहेक बाग्लुङ जिल्लामा पीसीआर मेसिन जोडिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ३ : १५ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन