सुदूरपश्चिम प्रदेशसभाका सांसद भट्टलाई कोरोना संक्रमण « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाका सांसद भट्टलाई कोरोना संक्रमण


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । बैतडीबाट निर्वाचित सांसद भट्टलाई शनिबार कोभिड-१९ पोजिटिभ देखिएको हो ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद भट्टलाई कोरोना देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन भुवनराज जोशीले बताए ।

एकहप्ताबाट होम आइसोलेसनमा रहेका सांसद भट्टले सामान्य रुघाखोकी लागेपछि शुक्रबार स्वाब परीक्षणका लागि दिएको बताए ।

उनले भने, ‘एकहप्ता अघि गाउँघरतिर पनि गएको हुँ । पाटन नगरपालिकामा पनि गइएको थियो । त्यहाँ केहि कर्मचारीहरुलाई पनि देखियो । अनि आइसोलेसनमै बसेको थिए । परीक्षण गर्दा रिर्पोट पोजिटिभ आयो । तर अवस्था समान्यनै छ । घरमै आइसोलेसनमा बसेको छु ।’

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ३ : ४५ बजे

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर