खसी बजारको अनुगमन सुरु : निरोगीको सिङमा हरियो रंग, रोगीलाई रातो « Khabarhub

खसी बजारको अनुगमन सुरु : निरोगीको सिङमा हरियो रंग, रोगीलाई रातो



काठमाडौँ– दशैँका लागि काठमाडौं ल्याइएका निरोगी खसी-बोका, भेडा-च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग लगाउन सुरु गरिएको छ ।

काठमाडौं महानगरको पशु सेवा महाशाखाले आजबाट टुकुचा र कलंकीबाट थालेको मासुजन्य खाद्य उत्पादनको निरीक्षण अनुगमनका क्रममा चौपायाको स्वास्थ्य जाँच गरेर निरोगीको सिङमा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउन थालेको हो ।

पर्वमा बिक्री वितरण हुने स्वस्थ्य, स्वच्छ माछामासुजन्य खाद्य उत्पादनको उपभोग र बजारीकरण तथा मासुको स्रोतका रुपमा प्रयोग हुने चौपायाको व्यापार र बजारीकरणमा सहज होस् भनेर काठमाडौं महानगरले निरीक्षण, अनुगमनको काम थालेका छ।

महाशाखाका प्रमुख डा. अवधेश झा भन्छन्, ‘उपभोक्तालाई स्वस्थ्य चौपाया चिन्न सजिलो होस् भनेर हामीले संकेतका रुपमा रङ्गको प्रयोग गरेका हौं । खसी, बोका, भेडा, च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग छ भने त्यो निरोगी हो । किनेर लान वा त्यसको मासु खान हुन्छ । यदि रातो रङ्ग छ भने त्यो रोगी हो । त्यसलाई किनेर लान वा त्यसको मासु खान हुँदैन ।’

डा. झाका अनुसार बजारमा आएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिशा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्य अवस्थाका बिषयमा पशुचिकित्सकले परीक्षण गरेपछि सिङ्मा रङ्ग लगाउने गरिन्छ ।

बजारमा पुगेपछि हामी यति मात्र हेर्दैनौं, महाशाखा प्रमुख डा. झा थप्दै भन्छन्, ‘पशु ढुवानी मापदण्ड पालना गरे/नगरेको, खरिद बिक्री बिलको प्रयोग भए/नभएको, बिक्रीका लागि ल्याइएका चौपायाको बासस्थान उचित भए/नभएको पनि हेर्छौं ।’

उनले भने, ‘बजार अनुगमनको अहिले थालनी हो । त्यसैले शुरुवात्मा सुधारका लागि सुझाव दिन्छौं । हाम्रो नियमित अनुगमनको क्रममा दिइएका सुझावको पालना गरेको पाइएन भने कारवाहीको प्रक्रियामा पनि जानुपर्ने हुन सक्छ । यसका लागि हामीले संघ र प्रदेश सरकार तथा अन्य साझेदारलाई बजार अनुगमनका क्रममा सँगै लिएर जान्छौं ।’

आज टुकुचा र कलंकी खसी बजारमा भएका चौपायाको स्वास्थ्य जाँच र सिङ्मा रातो लगाउने काम भएको छ । महाशाखाका पशु विकास अधिकृत डम्मरबहादुर बम भन्छन्, ‘आज सामान्य स्वास्थ्य अवस्था खराव देखिएका २ वटा खसी भेटिए । तिनीहरुलाई अलग राखेर उपचार गर्न व्यापारीलाई भनेका छौं । उपचार गरेर निको नहुञ्जेल तिनीहरु बिक्रीका लागि अयोग्य हुन् । त्यसैले तिनीहरुको बिक्री रोक्का गरिएको छ । उपचार गरेर निको भएपछि तिनीहरुलाई पनि बेचबिखन गर्न सकिन्छ ।’

महाशाखाले चौपाया बजारमा जानकारीमुलक सामाग्री टाँस्दै, माछामासुजन्य खाद्यबस्तुको उत्पादनलाई गुणस्तरीय बनाउन र कोभिड १९ को सम्भावित संक्रमणबाट जोगिन अनुरोध गरेको छ ।

उक्त अनुरोधमा भनिएको छ, ‘रोगी पशुपन्छीको ओसार पसार, नगरौं, महानगरले तोकेको ठाउँमा मात्र चौपायाको बिक्री वितरण गरौं । स्वस्थ्यताको चिनो (हरियो रङ्ग) भएका चौपाया मात्र खरिद गरौं । मासु चिसोमा राखौं । राम्ररी पकाएर मात्र खाऔं ।’

व्यक्ति-व्यक्तिवीचमा भौतिक दुरी कायम गरौं । साबुन पानीले नियमित हात धोऔं । हात धुन सक्ने अवस्था नभए स्यानिटाइजरको प्रयोग गरौं । मास्क लगाऔ । सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर महामारीबाट बचौं र बचाऔँ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ५ : ०७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर