नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज | Khabarhub Khabarhub

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।

ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य गर्न चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

नेपाल त्यस हारको बदलासमेत लिन चाहन्छ । नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवाती-११ रहँदै मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोना मुक्त भईसकेका छन् ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ को ट्रफी आफैँ राख्न चाहन्छ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ५० बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु