ट्रम्पको अवरोध जारी रहे संक्रमणले धेरै अमेरिकीको ज्यान जान्छ – बाइडेन « Khabarhub

ट्रम्पको अवरोध जारी रहे संक्रमणले धेरै अमेरिकीको ज्यान जान्छ – बाइडेन


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुनावमा पराजय भएर पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकाल अझै लम्ब्याए अमेरिकामा कोरोना संक्रमणले धेरै व्यक्तिको ज्यान जाने राष्ट्रपति निर्वाचित जो बाइडेनले बताएका छन् ।

केही दिन यता लगातार संक्रमण बढ्दै गएको अमेरिकामा पछिल्ला दिन मृत्यु पनि बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा अमेरिकी सरकार पनि अन्तरिम अवस्थाबाट गुज्रिएको छ । यसको असर महामारी नियन्त्रणमा पनि परेको बाइडेनको दाबी छ ।

ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सूचना तथा जानकारीहरुमा पहुँच दिएको छैन ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् ।

ट्रम्पले आफू पराजित भएको स्वीकार नगर्नु ‘लज्जाको’ विषय रहेको बाइडेनले दोहोर्‍याए ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् ।

ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ७ : ३७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति