नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल जारी « Khabarhub

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल जारी


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल जारी रहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु भएको हो ।

पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाललाई आज बदला लिन मौका छ ।

नेपाललाई सिरिज उपाधि जित्न यस खेलमा कम्तिमा दुई गोलको अन्तरले जित्नुपर्ने हुन्छ । त्योभन्दा कमजोर नतिजा हासिल गरे बंगलादेशले उपाधि जित्नेछ । स्कोर २-० नै भएको अवस्थामा खेल टाइब्रेकरमा जानेछ ।

प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट पाँच खेलाडी परिवर्तन गरेका छन् ।

गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन् । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ गुरुङ टोलीमा आएका छन् । छिरिङले यससँगै राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।

डिफेन्समा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल टोलीमा फर्केका छन् । रजिनले कोरोना संक्रमणका कारण अघिल्लो खेल गुमाएका थिए ।

मिडफिल्डमा अघिल्लो खेलमा डेब्यु गरेका एरिक विष्ट र तेज तामाङ रहेका छन् । एरिकले विक्रमको स्थानमा खेल्न लागेका हुन् । विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले पहिलो रोजाइमा अवसर पाएका छन् । यस्तै अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन् ।

नवयुग श्रेष्ठको स्थानमा उनकै क्लबका सहकर्मी भरत खवासले खेलेका छन् । भरतले नै टोलीको कप्तानी सम्हालेका छन । अघिल्लो खेलमा भरत बेन्चमा रहँदा किरणले टोलीको कप्तानी सम्हालेका थिए ।

हेर्नुस् लाइभ

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : २२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको