नेपाल–भारत सीमा खुलाउन माग राख्दै सर्लाहीका स्थानीय धर्नामा « Khabarhub

नेपाल–भारत सीमा खुलाउन माग राख्दै सर्लाहीका स्थानीय धर्नामा


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलंगवा- नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै स्थानीयहरुले सर्लाही सदरमुकाम मलंगवास्थित सिमानाका नजिकै धर्ना दिएका छन् ।

मलंगवा सोनवर्षा सीमा नजिकै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन् ।

भारतसँग सिमाना जोडिएका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, प्रदेश सभा सदस्यहरु समेत धर्नामा सहभागी भएका थिए ।

चाडपर्व र विहेबारीको समयमा नाका बन्द हुँदा सीमा नजिकैका स्थानीयहरुको जनजीवन प्रभावित भएको भन्दै उनीहरुले नाका खोल्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् ।

सरकारलाई ध्यानाकर्षण गराउन धर्ना कार्याक्रमको आयोजना गरिएको सर्वपक्षीय जिल्ला संघर्ष समिति सर्लाहीका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिएका छन् ।

धर्नाबाट सुनुवाइ भएन भने कडा आन्दोलन गर्न आफूहरु बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : १२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,