थाहा पाइराख्नोस किन गन्हाउँछ मुख     | Khabarhub Khabarhub

थाहा पाइराख्नोस किन गन्हाउँछ मुख    


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- के तपाईंको मुख गन्हाउने समस्या छ ? त्यसो हो भने सचेत बन्नुहोस् ।

तपाईंलाई कुनै रोग लागेको समेत हुनसक्छ । यदि मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहिरहेको छ भने शरीरमा कुनै न कुनै समस्या भएको पक्का ठान्नोस् ।

मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहेमा तल उल्लेखित रोगहरु लाग्ने प्रबल सम्भावना रहेको हुन्छ ।

कस्ता रोग लागेको हुनसक्छ ?

क्यान्सरः लामो समयसम्म धुमपान गर्ने वा सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । मुखमा धुमपान वा सुर्ति सेवनवाट क्यान्सर भएको खण्डमा श्वास गन्हाउने समस्या पनि देखिन्छ ।

इनडाइजेशनः शरीरको पाचन क्रियाले राम्ररी काम नगर्दा इनजाइजेशन (अपच) हुने गर्छ । यस्तो अवस्थामा खाएको खानेकुराहरु नपचेर ग्याँसको रुपमा बाहिर आउदा श्वास र मुखमा दुर्गन्ध आउने गर्छ ।

लंग्स इन्फेक्सनः फोक्सोमा कुनै किसिमको खराबी भएमा पनि त्यस्ता ब्यक्तिहरुको श्वास गन्हाउने गर्छ ।

लिवर इन्फेक्सनः कलेजोमा आएको खराबीका कारण खाएको खानेकुरा राम्ररी पच्न पाउदैन । अपच भएको खानेकुरा ग्याँसको रुपमा बाहिर आउने हुदाँ श्वास गन्हाउने समस्या देखिन्छ ।

डायबिटीजः डायबिटीज वा मधुमेहका कारण शरीरको मेटाबोलिकमा बेला बेलामा परिवर्तन आइरहन्छ । जसको कारण श्वास गन्हाउने समस्या देखिन्छ ।

किड्नीमा समस्याः किड्नी वा मृगौलामा कुनै किसिमको समस्या देखियो भने त्यसले शरीरको मेटाबोलिकमा परिवर्तन ल्याउने काम गर्छ । यस्तो अवस्थामा मुख सुख्खा बढी हुन्छ र श्वास गन्हाउन थाल्छ ।

गमको समस्याः दाँत र हड्डीमा देखिने पेरिओडेन्टल रोगलाई गमको समस्या भनिन्छ । यो समस्या भएमा पनि श्वास गन्हाउने गर्छ ।

इन्फेक्सनः उचित तरिकाले दाँतको ब्रस नगर्दा मुखमा किटाणुको संख्या अत्याधिक बढ्ने गर्छ । जसको कारण मुखको इन्फेक्सन भएर श्वास गन्हाउने गर्छ ।

गिजाको समस्याः गिजामा पेरियोडेन्टल समस्या हुदाँ श्वास गन्हाउने गर्छ । पेरियोडेन्टलको समस्या मुखमा रहेको ब्याक्टेरियाले निकाल्ने चिल्लो पदार्थको कारण हुने गर्छ ।

सुख्खा मुखः हाम्रो मुखवाट निस्किरहने र्‍यालले हाम्रो मुखको सफाइ पनि गरिरहेको हुन्छ । यदि मुखवाट निस्किने यस्तो र्‍याल (स्लाइव)को मात्रामा कमी भएमा मुखमा समस्या आउन थाल्छ र श्वास गन्हाउने समस्या देखिन्छ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ४० बजे

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा