भारतीय बजारमा अलैँची माग बढेपछि मूल्य बढ्ने कृषकको अपेक्षा « Khabarhub

भारतीय बजारमा अलैँची माग बढेपछि मूल्य बढ्ने कृषकको अपेक्षा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने कृषकहरूले अपेक्षा गरेका छन् ।

भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ ।

पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन् ।

विगतका वर्षमा भारतनै पुर्‍याँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ ।

‘भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ’, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले भने, ‘नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो ।’ उनका अनुसार ठूलो मात्रामा अलैँची बिकेकाले अब माग बढ्ने देखिएको छ ।

केही वर्षअघि अलैँचीको दाम प्रतिमन (४० किलोको एक मन) रु एक लाखसम्म पुगेको थियो तर त्यो लामो समय टिकेन । अहिले त किसानले त्यसको एक चौथाइ भाउमात्र पाउँछन् । फेरि भाउ बढेमा किसानलाई केही लाभ हुन सक्छ ।

‘भाउ त धेरै नै बढ्छ’, अध्यक्ष कार्कीले भने, ‘तर यति नै भन्न सकिँदैन । अलैँचीको हाहाकार नै हुने स्थिति थियो ।’

विगतमा पनि अलैँचीको भाउ भारतमा उत्पादन घटेकै कारण आएको थियो तर पछिल्ला वर्षमा भारतमा पुनः अलैँची उत्पादन हुन थालेकाले भाउ घटेको हो ।

अध्यक्ष कार्कीका अनुसार नेपालमा उत्पादन हुने ६० प्रतिशत अलैँचीको बजार भारत हो । भारतले पनि विभिन्न मसला सामग्री निर्माण गरेर तेस्रो मुलुक पठाउँछ । गुणस्तरका हिसाबले पनि भारतको भन्दा नेपाली अलैँची अब्बल छ । त्यसैले पनि अन्तर्राष्ट्रिय जगतमा नेपाली अलैँचीको माग उच्च छ ।

‘पछिल्ला वर्षहरूमा नेपाली अलैँचीको भाउ एकदम बढेको छ । किसान आफैँले प्रशोधन गर्दासमेत सचेतना जनाउन थालेका छन्’, अध्यक्ष कार्कीले भने, ‘पछिल्लो समय त धेरै जिल्लामा उत्पादन हुन थालेपछि उत्पादन राम्रो भएको छ ।’

नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ ।

व्यापार चिह्न कार्यान्वयनमा कठिनाइ

नेपाली अलैँची चिनाउन चार वर्षअघि बनेको व्यापार चिह्न अझै कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले विसं २०७३ असार १९ गते जारी गरेको ट्रेडमार्कलाई केही समयअघि मात्रै पाकिस्तानले स्वीकृति जनाएको थियो ।

स्वीकृतिपछि पाकिस्तानमा व्यापार चिह्न लगाएर अलैँची लग्न सकिने भए पनि विविध कारणले लगिएको छैन ।

भारत–पाकिस्तानबीचको द्वन्द्वका कारण नेपालमा व्यापार चिह्नसहितको अलैँची पाकिस्तान लैजान नसकिएको व्यवसायी बताउँछन् । सरकारले लोगो जारी गरेलगत्तै भारत, पाकिस्तान र युएईमा दर्ता प्रक्रिया अघि बढाइएको थियो ।

एक वर्षअघि नै पाकिस्तानबाट लोगो स्वीकृत भएर आयो भने अन्य देशबाट आएको छैन ।

‘कूटनीतिक कदम व्यापक बनाउनुपर्छ । हाम्रो कूटनीतिक कदम सुस्त भएकाले समस्या भएको हो’, अध्यक्ष कार्कीले भने, ‘पाकिस्तानसँग भने व्यापार गर्दा भारतलाई समेत सन्तुष्ट बनाएर गर्नुपर्ने हुन्छ ।’

सरकारले कूटनीतिक पहल गरेमा केही सहज हुने अध्यक्ष कार्कीको भनाइ छ । चार वर्षअघि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक व्यापार चिह्न जारी गरेको छ ।

व्यापार चिह्न कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ ।

सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट(जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी(एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन(सीसी)मा वर्गीकरण गरिएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ ।

आव ०७५/७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ९ : २५ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ