पत्याउनुहुन्छ ? एउटा औँठीको मूल्य ३३ करोड रुपैयाँ ! « Khabarhub

पत्याउनुहुन्छ ? एउटा औँठीको मूल्य ३३ करोड रुपैयाँ !


२ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एउटा औंठीको मुल्य ३३ करोड रुपैयाँ पर्छ भन्ने सुन्दा पनि विश्वास नलाग्न सक्छ । तर यो बास्तविकता हो । जुन औंठीको मूल्यले विश्व रेकर्ड बनाएको छ । यो घटनाका जेनेभाको हो ।

केही दिन अघि जेनेभामा एउटा औँठी करीब ३३ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । उक्त लिलामीमा प्याजी रंगको हिरा जडिएको उक्त औँठी २ दशमलव ७७ मिलियन डलरमा बिक्री भएको हो ।

समाचार एजेन्सी एएनआईकाअनुसार १ दशमलव ०५ क्यारेटको हिरा जडिएको उक्त औँठीमा प्लाटिनम र सुनको प्रयोग गरिएको थियो । उक्त हिराको अद्भुत रंगका कारण औँठी अत्यधिक मूल्यमा बिक्री भएको बताइएको छ ।

उक्त औँठीलाई टियरा जेम्स तथा ज्वेलरीले खरिद गरेको हो । उक्त ज्वेलरी दुबईमा रहेका भारतीय विज्ञ आशिष विजय जैनको स्वामित्वमा रहेको छ ।

जैनले बढ्दै गरेको आभूषण उद्योग र उपभोक्ता भावनालाई मध्यनजर गर्दै औँठी खरिद गरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ५ : ४८ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व