सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको पत्राचार « Khabarhub

सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको पत्राचार


२ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र सरकारी स्वामित्वका संघसस्थाबाट सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृह मन्त्रालयले पत्राचार गरेको छ ।

देशभरका स्थानीय तहहरूलाई परिपत्र गर्दै गृहले सामाजिक सुरक्षा भत्ता रोक्न निर्देशन दिएको हो।

गृहले जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरूको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकाश सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्नू ।’

सरकारले यसअघि नै सरकारी सुविधा लिइरहेकाहरुको दोहोरो सुविधा रोक्ने निर्णय लिइसकेको थियो। तर अझै पनि सरकारी सुविधा लिनेहरूले दोहोरो सुविधा उपभोग गरिरहेको गुनासो आएपछि गृहले यस्तो परिपत्र गरेको हो।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ३ : ०१ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि